गण्डकी

मनाङमा ६५ प्रतिशत मत खस्यो

इकागज |
मंसिर ४, २०७९ आइतबार १४:४४ बजे

लमजुङ- प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा मनाङमा दिउँसो १:३० बजेसम्म ६५ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो १ :३० बजेसम्म यहाँ ६५ प्रतिशत मतदान भएको हो । 


कूल २९ वटा मतदान केन्द्र रहेको मनाङमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र छन् । यहाँ कूल छ हजार सात सय ७९ मतदाता छन् ।


Author

थप समाचार
x