गण्डकी

कास्की-३ मा दमाेदर बैरागीकाे अग्रता

इकागज |
मंसिर ५, २०७९ सोमबार १५:५९ बजे

कास्की- कास्की क्षेत्र नम्बर ३ मा ५ सय मत गन्दा सूर्यका दमाेदर बैरागीले १ सय ७८ मत ल्याएका छन् । त्यस्तै घण्टीका एकराज कंडेलले १ सय ५९ मत ल्याए भने हसियाँ हथाैडाबाट रामजी बरालले १ सय २८ मत प्राप्त गरेका छन् ।

क्षेत्र नं ३ मा कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा आइतबार भएको मतदानमा ६१ हजार चार सय १४ जनाले मतदान गरेका थिए । प्रतिनिधिसभाका लागि तीन र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको कास्कीमा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार पाँच सय २२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता छन् । 



Author

थप समाचार
x