गण्डकी

सत्तारुढ एमाले सांसदद्वारा गण्डकी प्रदेशसभा बैठक अवरुद्ध

अनिष भट्टराई |
बैशाख १४, २०७८ मगलवार १२:४५ बजे

काठमाडौँ : सत्तारुढ नेकपा एमालेका सांसदले गण्डकी प्रदेशसभा बैठक अवरुद्ध पारेका छन् । बैठक सुरु भएको केहीबेरमै एमाले सांसद राजीव पहारीले बोलेपछि अरु एमाले सांसदले उठेर विरोध गरेका थिए ।

पीसीआर परीक्षणको माग गर्दै उनीहरुले बैठक अवरुद्ध पारेका हुन् । सभामुख नेत्रनाथ अधिकारीले पटक पटक बस्न आग्रह गरेपनि एमाले सांसदले बस्न नमानेपछि बैठक २० मीनेटका लागि स्थगित गरेका हुन् । 


सत्तारुढ सांसदले नै उठेर विरोध जनाएपछि सभामुखले बैठक केही समय स्थगित गर्नुपरेको बताएका थिए । प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान केही दिन पर धकेल्न एमाले सांसदले पीसीआर परीक्षणको माग गर्दै बैठक अवरुद्ध पारेका हुन् । 
 


Author

थप समाचार
x