गण्डकी

पर्खालले थिचिँदा मजदुरको मृत्यु

इकागज |
पुस २, २०७९ शनिबार ६:३६ बजे

सांकेतिक तस्बिर

स्याङ्जा- वालिङमा आज पर्खालले थिचिँदा एक मजदुरको मृत्यु भएको छ । वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित डुम्रिकोट–मिर्दी सडकखण्डमा काम गर्ने क्रममा पर्खालले थिचिँदा धादिङको बेनीघाट–९ का ३० वर्षीय उमेश चेपाङको मृत्यु भएको हो । 

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक बिनोद सुवेदीका अनुसार सडकको नालीमा सोलिङ गर्ने क्रममा कुनामा रहेको पर्खाल भत्किँदा गम्भीर घाइते चेपाङको उपचारका क्रममा वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा मृत्यु भएको हो । 



Author

थप समाचार
x