गण्डकी

मेयरकप साईकल दौडमा माष्टर्सतर्फ मानन्धर विजेता

इकागज |
पुस ६, २०७९ बुधबार १८:७ बजे

पोखरा। पोखरामा आयोजित दोस्रो मेयर कप साईकल दौड प्रतियोगिता उपाधि पुरुष तर्फ हिक्मत विकले जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना प्रतिस्पर्धामा विकले ५० किलोमिटरको दुरी ३ घण्टा १२ मिनेटमा पुरा गर्दै उपाधि जिते ।

साईक्लिङ संघ कास्कीको प्राविधिक सहयोग र साईकल सिटीको समन्वयमा भएको प्रतियोगिता पोखरा–२१ कमेरेबाट शुरु भएर मट्टिखान हुँदै विभिन्न ठाँउ घुमेर कमेरेमै आएर टुंगिएको थियो । सन्दीप सुन्धौलीले ३ घण्टा २८ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा आए ।


त्यसैगरी सुमित गुरुङले निर्धारित ५० किलोमिटरको दुरीलाई ३ घण्टा ४८ मिनेट ०९ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहे । महिला तर्फ लक्ष्मी प्रथम हुँदा सुधा राई द्वितीय र सोफिया विश्वकर्मा तृतीय भए । लक्ष्मीले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा ३९ मिनेट ४९ सेकेण्डमा पार गरेकी थिइन् । यो विधामा तीन जनामात्रै प्रतिस्पर्धी भएकाले एक राउण्ड पार गरेका सुधा र सोफियालाई द्वितीय र तृतीय घोषित गरिएको हो । ४० वर्षमाथिको पुरुष विधामा नयन प्रथम हुँदा देवबहादुर बोहोरा द्वितीय र बाबुराम विश्वकर्मा तृतीय भए ।

मानन्धरले ३ घण्टा ५१ मिनेट १६ सेकेण्ड, बोहोराले ४ घण्टा १ मिनेट २५ सेकेण्ड र विकले ५ घण्टा ८ मिनेट २७ सेकेण्डमा निर्धारित दुरी पार गरेको खड्काले जानकारी दिए । प्रतियोगितामा ४० वर्षमुनिको महिला र पुरुषतर्फ प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् । ४० वर्षमाथिको विधामा प्रथम हुनेले १० हजार, द्वितीयले १० हजार र तृतीयले ५ हजार पुरस्कार पाए ।

४० वर्षमुनिको विधामा सान्त्वना हुने दुई जना पुरुष प्रतियोगीले ५/५ हजार रुपैयाँ सान्त्वना पुरस्कार पाएका छन् । चौँथो भएका सुमन विक र पाँचौ भएका शिवप्रसाद थारुले उक्त पुरस्कार पाएका हुन् ।


Author

थप समाचार
x