गण्डकी

मनाङका जनताले मुख्यमन्त्री गुरुङविरुद्ध जान नदिएकोले बैठकमा आइनँः 'मनाङे'

इकागज |
बैशाख १५, २०७८ बुधबार १६:३३ बजे

पोखराः गण्डकी प्रदेश सभा सदस्य दीपक मनाङे (राजीव गुरुङ) ले मनाङका जनताले मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङविरुद्ध जान नदिएकोले आफू संसद्मा उपस्थित नभएको प्रतिक्रिया दिएका छन् । ‘मनाङका जनताले गुरुङ सरकारविरुद्ध जान नदिएकाले बैठकमा आइनँ,’ इकागजसँग उनले भने । 

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वाश प्रस्तावमा मतदान हुने तयारी भइरहदा उनी संसद्‍मा उपस्थित छैनन् ।  संसदको कार्यसूची अनुसार आज अविश्वासमा मतदान हुँदैछ । २०७६ मा नेकपा प्रवेश गरेका मनाङेले अहिले आफूलाई स्वतन्त्र सांसद बताउँदै आएका छन् । 



Author

थप समाचार
x