गण्डकी

गण्डकीमा कांग्रेस संसदीय दलको नेतामा २ जनाको मनोनयन दर्ता

इकागज |
पुस १३, २०७९ बुधबार १५:५९ बजे

पोखरा । गण्डकी प्रदेशमा कांग्रेस संसदीय दलको नेतामा २ जनाको मनोनयन दर्ता भएको छ । कांग्रेस प्रदेश कमिटीले बुधबार संसदीय दलको नेता छान्न तालिका सार्वजनिक भए अनुुसार आज मनोनयन दर्तादेखि निर्वाचन हुँदैछ ।

सोही अनुरुप गण्डकीमा कांग्रेस संसदीय दलको नेताका लागि सुरेन्द्र पाण्डे र भोजराज अर्यालको मनोनय दर्ता भएको हो । मनोनय दर्ताको समय २ बजेसम्म तोकिएको थियो । आज ३ देखि ४ बजेसम्म मतदान केही हुने निर्वाचन मण्डल जनाएको छ ।


दलको नेता बन्न ४ जनाले आकांक्षी देखाएपनि अन्तिममा २ जनाले मात्र मनोनय दर्ता गरेका हुन् । सुरेन्द्र पाण्डेको प्रस्तावक बिन्दुकुमार थापा र समर्थक टकराज गुरुङ छन् । यस्तै, अर्यालका प्रस्तावक महेन्द्रध्वज जिसी, समर्थक पार्वती तामाङ छिन् ।


Author

थप समाचार
x