गण्डकी

कांग्रेस गण्डकीकाे संसदीय दल नेताकाे निर्वाचन सकियाे, केही समयमा गणना

इकागज |
पुस १३, २०७९ बुधबार १६:२१ बजे

पाेखरा । गण्डकी प्रदेश सभा दलको कार्यालयमा बुधबार भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभा संसदीय दलको नेताको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा सहभागी स्याङ्जाका भोजराज अर्याल र गोरखाका सुरेन्द्रराज पाण्डेले उम्मेदवारी दर्ता गराएका थिए ।

नेपाली कांग्रेसका तर्फबाट विजयी २७ जना गण्डकी प्रदेश सभा सदस्यले उनिहरुलाई मतदान गर्न पाउने विधानमा व्यवस्था छ । दिउँसो ३ः०५ बजे बाट सुरु भएको मतदान सर्वप्रथम भोजराज अर्यालले पहिलो मतदान गरेका थिए भने दोस्रोमा सुरेन्द्र पाण्डेले मतदान गरेका थिए ।


निर्वाचनमा दलका सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेमा मात्र नेपाली कांग्रेस प्रदेश सभा संसदीय दलको नेता बन्न पाइने विधान ( २०७४ को धारा ५) मा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x