गण्डकी

गण्डकी कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी

इकागज |
पुस १३, २०७९ बुधबार १६:५२ बजे

पोखरा - नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । उनले १८  मत प्राप्त गर्दा प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए ।

संस्थापन पक्षबाट उम्मेदवार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टेकराज गुरुङ थिए । संस्थापन इतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए ।


गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ ९ गरी २७ सिट जितेको छ ।


Author

थप समाचार
x