गण्डकी

गण्डकीका सांसदको शपथ आज

इकागज |
पुस १४, २०७९ बिहीबार ९:४७ बजे

पोखरा - गण्डकीमा नयाँ सांसद चुनिएपछि आज उनीहरूलाई शपथको कार्यक्रम छ । संसद् सचिवालय नदीपुरमा जेष्ठ सदस्य मित्रलाल बस्यालले ५९ सांसदलाई शपथ गराउने छन् । यसअघि बुधबार नै बस्याललाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शपथ गराएका थिए । 

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र एकीकृत समाजवादीका १ जना सांसद छन् । नयाँ सांसद मध्ये २ जना बहालवाला मन्त्री छन् । कांग्रेस र एमालेले गण्डकीमा दलको नेता पनि चयन गरिसकेका छन् । 


कांग्रेसले चुनावी प्रतिश्पर्धाबाट सुरेन्द्र पाण्डेलाई नेतामा निर्वाचित गरेको छ भने एमालेले सर्वसम्मत रुपमा खगराज अधिकारीलाई दलको नेता बनाएको छ । माओवादीले भने अहिलेसम्म दलको नेता टुंग्याएको छैन । 
 


Author

थप समाचार
x