गण्डकी

रेसुङ्गा विमानस्थलमा आज डेमो उडान हुने, नगरपालिकाले दियो सार्वजनिक बिदा

इकागज |
पुस २४, २०७९ आइतबार १०:१२ बजे

काठमाडौँ - गुल्मीको रेसुङ्गा नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । सिमिचौरस्थित रेसुङ्गा विमानस्थलमा डेमो उडान हुने भएकोले नगरपालिकामा बिदा दिइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा अवतरण गर्नेछ । एयरलाइन्सका अनुसार तारा एयरले बिहान साढे १० बजे डेमो उडान गर्नेछ ।


यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा बसेर पुनः काठमाडौँ फिर्ता हुनेछ । नियमित उडानका लागि भने कम्तीमा २ साता लाग्ने विमानस्थल कार्यालयले जनाएको छ । 


Author

थप समाचार
x