गण्डकी

गण्डकी मन्त्रिपरिषद् बैठकको पहिलो निर्णय : डाइलासिस सेवा विस्तार

इकागज |
पुस २५, २०७९ सोमवार १९:५१ बजे

पोखरा-  नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सोमबार साँझ नै मन्त्रिपरिषद् बैठक बसेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले स्वास्थ्य सेवामा ध्यान दिँदै गण्डकी प्रदेशमा डाइलासिस सेवा विस्तार गर्ने पहिलो निर्णय गरेको छ ।

नवनियुक्त मुख्यमन्त्री अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता विनाविभागीय मन्त्री सीता सुन्दासले आवश्यक पर्ने बिरामीलाई प्रदेश मातहतका ११ जिल्लाका अस्पतालमा डायलासिस सेवा विस्तार गर्ने निर्णय भएको जानकारी दिइन् ।


मुख्यमन्त्री नियुक्त भएपछि पद तथा गोपनीयताको शपथ ग्रहणपछि विनाविभागीय मन्त्रीहरू हरिबहादुर चुमान, सीता सुन्दास र पञ्चराम गुरुङसहितको मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरेको हो ।

मुख्यमन्त्री अधिकारीले आज नै पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि बोल्दै मुख्यमन्त्री अधिकारीले प्रदेशको विकास र समृद्धिका लागि काम गर्ने बताए ।


Author

थप समाचार
x