गण्डकी

प्रहरी हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

इकागज |
माघ १४, २०७९ शनिवार ९:७ बजे

लमजुङ- प्रहरी हुँ भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङको विशेष टोलीले मर्स्याङ्दी गाँउपालिका १ घनपोखराका ३५ वर्षिय जीवन गुरुङलाई पक्राउ गरेको हो । 

आफू प्रहरी भएको र विभिन्न स्थानमा जागिर लगादिने, प्रहरीमा परेका केशहरू मिलाइदिने भनी ठगि गर्दै हिँडेका गुरुङलाई जिल्ला प्रहरी कार्यालय लमजुङको प्रहरी टोली यहि माघ १० गते पोखराबाट पक्राउ गरेको हो ।  


बेसीशहरमा डेरा गरि बस्ने गुरुङ विभिन्न महिलाहरूसँग रु ७ लाख १७ हजार पाच सय रुपैयाँ लिएर सम्पर्क विहीन भएका थिए । उनले जिल्ला प्रशासन कार्यालय, हुलाक कार्यालय र कृषि ज्ञान केन्द्रमा जागिर लगाइदिने र म प्रहरी हुँ प्रहरीमा भएको केशहरू समेत मिलाईदिन्छु भन्दै विभिन्न व्यक्तिहरूलाई ठगी गरेका थिए ।

गुरुङ विरुद्ध प्रहरीमा उजुरी परेपछि लमजुङको प्रहरी टोलीले पोखरामा लुकिछिपि बसेको अवस्थामा प्रक्राउ गरेको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक प्रकाश श्रीमलले बताए ।

निज गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरक्षक जगदिश रेग्मीले जानकारी दिए । 


Author

थप समाचार
x