गण्डकी

गण्डकी सरकारको प्रवक्तामा रोशनबहादुर गाहा

इकागज |
माघ १५, २०७९ आइतवार २०:३५ बजे

पोखरा- गण्डकी प्रदेशको प्रवक्ता परिवर्तन गरिएको छ । सीता सुन्दासलाई परिवर्तन गराएर रोशनबहादुर गाहा थापालाई प्रवक्ता तोकिएको हो ।

माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट आन्तरिक मामिला तथा कानुन मन्त्री थापा प्रवक्तामा नियुक्त भएका हुन् । यसअघि सरकारको प्रवक्ता सीताकुमारी सुन्दास थिइन् ।


पुस २५ गते मुख्यमन्त्री खगराज अधिकारीसँगै थप ३ मन्त्रीले सपथ लिए पनि उनीहरूले जिम्मेवारी पाएका थिएनन् । उक्त मन्त्रिपरिषद्लाई मुख्यमन्त्री अधिकारीले माघ १० मा पूर्णता दिएर जिम्मेवारी समेत तोकेका थिए । त्यसको भोलिपल्ट बसेको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री गाहाले प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।

गाहा प्रदेश सभा सदस्यमा दोहोरिएर जित्ने एमालेका एक मात्र सांसद हुन् । संविधानसभा सदस्य समेत रहिसकेका उनी नवलपुरका क्षेत्र नम्बर १ ख बाट प्रत्यक्ष निर्वाचित प्रदेश सभा सदस्य हुन् ।
 


Author

थप समाचार
x