गण्डकी

उपनिर्वाचन : तनहुँमा मनोनयन दर्ताअघि कांग्रेसको सभा

इकागज |
चैत २०, २०७९ सोमवार १३:५४ बजे

तनहुँ- आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन् लागेको हो । 

जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट कांग्रेसतर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्दैछन् । 


मनोनयन दर्ताअघि तनहुँमा कांग्रेसले सभा गरिरहेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले भट्टराई गठबन्धनका साझा उम्मेदवार रहेका बताए । 


Author

थप समाचार
x