गण्डकी

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

इकागज |
बैशाख १०, २०८० आइतबार १९:५२ बजे

पोखरा । गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ । प्रदेशसभाको अधिवेशन शनिबार ९ गते मात्र आह्वान गरेको थियो । 

उक्त अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत सम्बन्धी प्रस्ताव राखेका थिए । तर, मुख्यमन्त्री अधिकारीले विश्वासको मत नपाएपछि शनिबारको बैठक सकिएको थियो ।


शनिबार नै बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेको थियो । सरकारको सिफारिसमा गुरुङले प्रदेश सभा अधिवेशन अन्त्य गरेका हुन् ।


Author

थप समाचार
x