गण्डकी

जिप दुर्घटनामा एक जनाको मृत्यु

इकागज |
बैशाख १४, २०८० बिहिवार ९:३६ बजे

गुल्मी- गुल्मीमा जिप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

 मालिका गाउँपालिका– २ मा लु १ च ९९११ नम्बरको जिप गएराति खाल्टुङ्ग खोलामा दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सो जिपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको हो । सो दुर्घटनामा घाइते जिप चालक प्रेमबहादुर केसीको भने लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।

उनका अनुसार मालिका गाउँपालिकाको दर्लिङ्गबाट बाग्लुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि उक्त् जिप हिँडेको थियो । ब्रेक फेल भएर जिप दुर्घटना भएको बुझिएको छ ।


Author

थप समाचार
x