गण्डकी

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पाण्डेको सपथ भोलि

इकागज |
बैशाख १४, २०८० बिहिवार १६:३५ बजे

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कांग्रेस, माओवादी र नेकपा एसको समर्थनमा उनले आजै दाबी पेस गरेका थिए ।


मुख्यमन्त्री र मन्त्रीहरुको सपथ भने भोलि शुक्रबार हुने भएको छ । प्रदेश प्रमुख गुरुङले नियुक्ति दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नवनियुक्त मुख्यमन्त्री पाण्डेले सात मन्त्रालयबाट नबढ्ने गरी मन्त्री परिषद् विस्तार गर्ने बताए । अब छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने बताए ।

‘हाम्रो प्रदेशलाई हामी आफैं कसरी सस्टेन गर्न सक्छौं, त्यतातिर ध्यान दिन्छौं । पर्यटन, जलविद्युत र कृषि क्षेत्र प्राथमिकता दिन्छौं’ उनले भने । प्रदेशलाई आत्मनिर्भर बनाउने विषयमा ध्यान दिने पनि उनले बताए ।


Author

थप समाचार
x