गण्डकी

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले लिए शपथ

इकागज |
बैशाख १५, २०८० शुक्रबार १२:५४ बजे

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट उनले पद तथा गोपनीयताको सपथ लिएका हुन् । 

नवनियुक्त मुख्यमन्त्री पाण्डेले सत्तारुढ घटक माओवादीबाट सुशीला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई मन्त्रीमा नियुक्त गर्दै सपथ खुवाएका छन् । उनीहरूको मन्त्रालय भने तोकिएको छैन । 


बिहीबार कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा पाण्डे मुख्यमन्त्री बनेका थिए ।
 


Author

थप समाचार
x