गण्डकी

गण्डकीका मुख्यमन्त्री पाण्डेले बिहीबार विश्वासको मत लिने

इकागज |
बैशाख १७, २०८० आइतबार १६:५५ बजे

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते बिहीबार विश्वासको मत लिने भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले २१ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका छन् । पाण्डे १४ गते मुख्यमन्त्री नियुक्त भएकामा १५ गते पदभार सम्हालेका थिए ।



Author

थप समाचार
x