गण्डकी

जनमोर्चाका सांसद खिमविक्रमले भने, म कुनै गठबन्धनमा छैन

इकागज |
बैशाख २९, २०७८ बुधबार १६:५८ बजे

पोखरा : राष्‍ट्रिय जनमोर्चाका अर्का सांसद खिमविक्रम शाहीले आफू कुनै गठबन्धनमा नलागेको जनाएका छन् । बुधबार दिउँसो एक विज्ञप्‍ति जारी गर्दै नेपाली कांग्रेस नेतृत्‍वको गठबन्‍धनमा आफ्‍नो हस्ताक्षर भएको भनेर आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । उक्‍त गठबन्‍धनमा नरहेको उनले स्‍पष्‍ट पारेका छन् । साथै आफू कुनै गठबन्‍धनमा नरहेकाे बताएका छन् । 

यसअघि जनमोर्चाकै सांसद कृष्‍ण थापाले पनि विपक्षी गठबन्‍धनमा हस्‍ताक्षर गर्न अस्‍वीकार गरेका थिए। यता कांग्रेस नेतृत्वको गठबन्‍धनले आफूहरूको बहुमत रहेको दाबी गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेललाई केही बेरअघि पत्र बुझाएको छ । 



Author

थप समाचार
x