गण्डकी

कोभिडले पोखराका टेलिभिजन पत्रकार पौडेलको मृत्यु

इकागज |
बैशाख ३०, २०७८ बिहीबार ९:२० बजे

पोखरा : कास्की पोखराका पत्रकार गणेश पौडेलको कोभिडका कारण मृत्यु भएको छ । गण्डकी टेलिभिजनमा कार्यरत पौडेलको बिहीबार बिहान साढे ५ बजे गण्डकी मेडिकल कलेजमा कोभिडका कारण मृत्यु भएको टेलिभिजनका अर्का पत्रकार अपिल त्रिपाठीले जानकारी दिए । 

४२ वर्षीय पौडेलमा २० वैशाखमा कोभिड १९ संक्रमण पुष्टि भएको थियो । उनमा कोभिडबाहेक अरु समस्या थिएन । २०६५ सालदेखि उनी गण्डकी टेलिभिजनमा कार्यरत थिए ।
 



Author

थप समाचार
x