गण्डकी

जंगली च्याउ खाँदा एकै घरका तीन जना गम्भिर बिरामी

इकागज |
जेठ १२, २०८० शुक्रबार १०:७ बजे

तनहुँ- जंगली च्याउ खाँदा एकै घरका तीन जना बिरामी परेका छन् ।

बिहीबार बिहान घर नजिकैको जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाएपछि व्यास नगरपालिका–५ चिन्तुटारका एकै परिवारका तीन जना बिरामी परेका हुन् । 


जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मोहनबहादुर खाँडका अनुसार शुकबहादुर गुरुङ, उनकी श्रीमती ६० वर्षीया मीनमाया तामाङ गुरुङ र ३२ वर्षीया छोरा थमन गुरुङ बिरामी भएका हुन् ।

उनका अनुसार बिरामी भएपछि तीन जनाको दमौलीस्थित दमौली अस्पतालमा उपचार गरिएको थियो । तर, शुकबहादुरलाई थप उपचारको लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकी अस्पताल पोखरामा रेफर गरिएको छ भने बाँकी दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।


Author

थप समाचार
x