गण्डकी

गण्डकीको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मा

इकागज |
जेठ १७, २०८० बुधवार १९:४६ बजे

पोखरा- गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो ।

म्याग्दीमै कानुनी अभ्यास गरेका शर्मा गएको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट बेनी नपाको मेयरमा उम्मेदवार थिए । उनी एमालेका सुरत केसीसँग हारेका थिए ।



Author

थप समाचार
x