गण्डकी

कृष्ण थापामाथि फेरि कारबाही

बार एसोसियसन उपाध्यक्ष भन्छन्, कारबाही लागू हुँदैन

इकागज |
जेठ २८, २०७८ शुक्रबार १२:१७ बजे

पोखरा: राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापामाथि फेरि कारबाही गरिएको छ । सभामुख नेत्रनाथ अधिकारीले आज प्रदेश सभामा उनलाई कारबाही गरिएको पत्र पढेर सुनाएका हुन् । पहिलो पटक प्रदेश सभाबाट निलम्बित सांसद थापालाई सर्वोच्‍च अदालतले पुनरबहाली गर्न अन्तरिम आदेश दिएको थियो । उनको मुद्दा अदालतमा बिचाराधीन छ ।

पहिलो पटक पनि पार्टीको ह्विप पालना नगरेको भन्दै कारबाहीमा परेका थापालाई अहिले पनि ह्विप पालना नगरेको भनेर कारबाही गरिएको छ । उनलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) बमोजिम कारबाही गरिएको जनाइएको छ । आज गण्डकी प्रदेश सभामा कुनै बिजनेस नभए पनि सभामुखले बैठक बोलाएका थिए । 


यता नेपाल बार एसोशियसनका उपाध्यक्ष सुरेन्दू थापा मगर सांसद थापामाथिको कारबाही लागू हुने अवस्था नरहेको बताउँछन् । थापमाथिको कारबाहीको एउटा मुद्दा अदालतमा विचाराधीन रहेकाले उनीमाथि फेरि कारबाही गर्न नमिल्ने मगरले बताए । 

‘यस्तै मुद्दा अदालतमा विचाराधीन छ । अन्तिरम आदेशले उहाँको सांसद पद कायम राख्न भनेको छ । कारबाही गरेपनि लागू हुँदैन, उहाँको सांसदको हैसियत कायम रहन्छ,’ थापाले भने ।


Author

थप समाचार
x