गण्डकी

गण्डकीका नवनियुक्त मुख्यमन्त्री पोखरेलको शपथ साढे ७ बजे

इकागज |
जेठ २९, २०७८ शनिबार १८:३८ बजे

काठमाडौँ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आजै पद तथा गोपनियताको शपथ लिने भएका छन् । बेलूकी साँढे सात बजे मुख्यमन्त्री पोखरेलले शपथ लिने भएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार साँझ ७ः३० बजे शपथको कार्यक्रम गर्ने गरी तयारी थालिएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पोखरेलसहित तीन मन्त्रीलाई शपथ खुवाउने बताइएको छ । 
 



Author

थप समाचार
x