गण्डकी

गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

इकागज |
जेठ ३०, २०७८ आइतवार ९:१३ बजे

फाइल फोटो

पोखरा : गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले राजीनामा दिएका छन् । २०७४ साल फागुन २१ गते घिमिरे गण्डकी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थिए । शनिबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकार ढलेसँगै मुख्य न्यायाधिवक्ता घिमिरेले राजीनामा दिएका हुन् ।

प्रदेश प्रमुख सीतादेवी पौडेललाई मुख्य न्यायाधिवक्ता घिमिरले राजीनामा पत्र बुझाएका छन् । शनिबार प्रदेश प्रमुख पौडेलले बहुमत दाबीअनुसार विपक्षी गठबन्धनबाट कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन् । 


मुख्यमन्त्रीको कानुनी पाटो हेर्ने मुख्य न्यायाधिवक्ता सरकार परिवर्तन भएसँगै राजीनामा दिएर बाहिरिने प्रचलन छ । 

 


Author

थप समाचार
x