गण्डकी

बागलुङ विषाक्त रक्सी प्रकरण

डीएसपी हवारीको नेतृत्वमा अुनसन्धान समिति गठन

चार जनाको मृत्यु, दुई बिरामी, दुई जना पक्राउ

इकागज |
साउन ५, २०७८ मंगलबार ११:३१ बजे

काठमाडौँ - बागलुङमा विषाक्त रक्सी खाएर चार जनाको मृत्यु भएको घटनाको छानबिनका लागि अनुसन्धान समिति गठन भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख डीएसपी इकवाल हवारीको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरिएको हो । समितिको सदस्यमा प्रहरी अधिकारी छन् । 

तराईमा यस्ता घटना घट्ने भएपनि बागलुङमा पहिलोपटक चार जनाको विषाक्त रक्सी सेवनका कारण ज्यान गएपछि प्रहरी गम्भीर भएर अनुसन्धानमा लागेको डीएसपी हवारीले बताए । उनका अनुसार अहिलेसम्म दुई जना पक्राउ परेका छन् । 


पक्राउ पर्नेमा पसल सञ्चालक भद्रबहादुर थापा र स्थानीय भक्तबहादुर बलाल रहेका छन् । उनीहरुसँग अहिले सोधपुछ चलिरहेको र पोष्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान अगाडि बढाइने डीएसपी हवारीले बताए ।

‘रक्सी खाएरै चार जनाको ज्यान जानु भनेको ठूलो क्षति हो । यसलाई हामीले गम्भीर रुपमा अनुसन्धान अगाडि बढाएका छौँ’ डीएसपी हवारीले इकाजसँग भने, ‘अहिलेसम्म सोधपुछ भइरहेको छ । रिपोर्ट आएपछि थप कुरा पत्ता लाग्छ । सबै निकायसँग समन्वय गरेर घटनाबारे सत्यतथ्य बाहिर ल्याउँछौँ ।’

सोमबार बेलूकी गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त रक्सी सेवनका कारण मृत्यु भएको थियो । 

सँगै रक्सी खाएका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रवीन्द्र पुनको अवस्था गम्भीर रहेको र धौलागिरि अस्पतालमा उपचार भइरहेको डीएसपी हवारीले बताए । मृत्यु भएका चार जनाको पनि उपचारकै क्रममा ज्यान गएको थियो । उनीहरुको रक्सी सेवनकै कारण ज्यान गएको भनिएपनि ‘फूड प्वाइजन’ समेत हुन सक्ने अनुमान छ । 

र, यो पनि 
 


Author

थप समाचार
x