गण्डकी

कांग्रेस सांसद डोबाटे मन्त्री बन्दै

इकागज |
असोज २५, २०७८ सोमबार १०:३८ बजे

पोखरा - गण्‍डकी प्रदेश सभा सदस्य डोबाटे विक मन्‍त्री बन्‍ने भएका छन् । मुख्यमन्‍त्री कृष्‍णचन्‍द्र पोखरेलले कांग्रेस सांसद डोबाटेलाई आज मन्‍त्री नियुक्‍त गर्ने लागेका हुन् । 'आज साँझ पाँच बजे मन्त्रीको सपथ लिने कुरा छ,' मन्‍त्री बन्‍न लागेका डोबाटेले भने, 'आज विनाविभागीय दिने र पछि जिम्मेवारी तोक्ने कुरा छ ।'

सरकारका प्रवक्ता कुमार खड्काले डोबाटे मन्त्री बन्न लागेको पुष्टि गरे । उहाँ मन्त्री बन्न लाग्नु भएको हो,´ प्रवक्‍ता खड्‍काले भने, 'मुख्यमन्त्री कार्यालयमा उहाँको कार्यालय रहन्छ र मुख्यमन्त्रीसँग भएका अधिकारबाट उहाँलाई केही अधिकार दिनेगरी मन्‍त्री बन्‍न लाग्‍नु भएको हो ।'


उनलाई अघिल्लो पटक मन्त्रिपरिषद विस्तारका क्रममा मन्त्री बनाउने भनिए पनि अन्तिममा नाम काटिएको थियो । प्रदेशमा अहिले ११ मन्त्रालय छन् । संविधानत: गण्डकीमा १२ मन्त्रालयसम्म राख्न सकिन्छ ।


Author

थप समाचार
x