गण्डकी

कांग्रेस महाधिवेशन प्रतिनिधिमा हारेका जोशीको दाबी- धाँधली भयो, फेरि मतगणना माग

इकागज |
मंसिर ११, २०७८ शनिवार ८:५२ बजे

लमजुङ- नेपाली कांग्रेसको आसन्‍न १४औँ महाधिवेशन प्रतिनिधिमा पराजित भएका शंकरकान्त जोशीले पुनः मतगणना गर्न माग गरेका छन् । मनगणनामा धाँधली भएको भन्दै उनले निर्वाचन अधिकृतसमक्ष पुनः मनगणनाको लागि निवेदन दिएका हुन् । कांग्रेस लमजुङका पूर्वसभापति रहेका जोशीले महाधिवेशन प्रतिनिधिमा ५४८ मत मात्र  पाएका थिए । 

जाेशीले पुनः मतगणनाका लागि निवेदन दिए पनि पुनः मतगणना नगर्ने निर्णय भएको कांग्रेस निर्वाचन अधिकृत थानेश्वर दवाडीले बताए । 



Author

थप समाचार
x