गण्डकी

एमाले बागलुङका अध्यक्षमा केसी

इकागज |
पुस २६, २०७८ सोमवार १०:३५ बजे

बलेवा- नेकपा (एमाले) बागलुङका अध्यक्षपदमा हीराबहादुर केसी निर्वाचित भएका छन् । कार्यबाहक अध्यक्षसमेत रहेका प्रतिस्पर्धी कृष्ण पाठकलाई पराजित गर्दै केसी अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले ३२९ मत प्रप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी  पाठकले २२८ मत पाउनुभयो अर्का प्रतिस्पर्धी मेहरसिंह पाइजाले ३४ प्राप्त गरे । उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल सर्वसम्मत निर्वाचित भएका थिए । उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भए । थापाले गणेश २९९ र श्रीसले २२८ मत पाएका छन् । उपसचिवमा छ जनाको प्रतिस्पर्धा थियो ।



Author

थप समाचार
x