गण्डकी

करिडोरको शिलान्यास गर्न गएका अर्थमन्त्री पौडेल लक्षित ढुंगा प्रहार

विक्रम खड्का |
फागुन २१, २०७७ शुक्रबार १३:३५ बजे

बुटवल : रुपन्देहीको मोतिपुर बन्‍ने भनिएको औद्योगिक करिडोरको शिलान्यास गर्न गएका अर्थमन्त्री विष्णु पौडेल लक्षित ढुंगा प्रहार भएको छ । विवादित कार्यक्रम अघि बढाएको भन्दै गाडी लक्षित ढुंगा प्रहार भएको हो । अहिले स्थानीयले नाराबाजी गर्दै तनावको स्थिति भइरहेको छ । केही प्रहरीहरू घाइते भएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो शिलान्यास गर्ने करिडोरमा बनाइएको मञ्च तथा शिला स्थानीयले बिहिबार भत्काएका थिए । त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरि रातारात निमार्ण गरिएको थियो ।


स्थानीयले हिजो दिउँसो भत्काएको औद्योगिक करिडोरको कार्यक्रम स्थलको मञ्च भने आयोजनाले पुनः निर्माण गरेको छ । स्थानीयको समूहले आफुहरुको जग्गामा करिडोर बनाउन लागेको भन्दै शिलान्यास समारोहका लागि तयार गरिएको मञ्‍च र शिलालेख स्तम्भ भत्काएका थिए ।

बिहीबार दिउँसो पुगेको समूहले आयोजनाका कर्मचारी तथा मञ्‍च निर्माण गरि रहेका कामदार माथी हुलहुज्जत गरि कार्यक्रमका लागि तयार गरिएको टेण्ट भत्काएको आयोजनाले जनाएको छ । करिब १ हजार बिगाह क्षेत्रफलमा औधोगिक क्षेत्र बनाउने तयारी गरिएको उक्त करिडोरमा झण्डै ३ सय घर परिवार प्रभावित भएको पीडित मध्येका बाबुराम घिमिरेले बताए । उनले भने 'अहिले सुरक्षाकर्मी लिएर शिलान्यास त गरिएला तर हामीलाई घरवार विहीन बनाएर उद्योग कसरी चल्न सक्ला त्यो पनि हामीले हेर्ने छौँ ।'


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x