लुम्बिनी

महागढीमाईमा कांग्रेसले विजय जुलुस निकाल्ने क्रममा झडप

इकागज |
जेठ ९, २०७९ सोमबार ६:३८ बजे

बारा- महागढीमाई नगरपालिकामा कांग्रेसको विजय जुलुस निकाल्ने क्रम्मा झडप भएको छ । महागढीमाई नगरपालिका-२ स्थित ईनर्वाटोलमा झडप भएको हो ।
 
कांग्रेसबाट मेयरमा निर्वाचित उपेन्द्र प्रसाद यादवको विजय जुलुसका क्रममा केहीले अपशब्द प्रयोग गरी स्थानीयलाई जिस्काएको भन्दै स्थानीय र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो ।

जुलुसले अपशब्द प्रयोग गरेको, स्थानीयलाई जिस्क्याएको विषयलाई लिएर विवाद हुँदै झडप भएको जिल्ला प्रहरी बाराका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।


स्थिति नियन्त्रणमा लिन तीन सेल अश्रु ग्यास फायर गरिएको र घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कलैया लगिएको उनले बताए ।

झडपमा प्रहरी सहायक निरीक्षक मनोज साहसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 
घटना आइतबार भएको हो ।


Author

थप समाचार
x