लुम्बिनी

तिलोत्तमा खाँणको अग्रता कायमै : कसले कति मत पाए ?

इकागज |
जेठ १०, २०७९ मगलवार ६:२४ बजे

बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मत गणनामा गठबन्धन दल नेपाली काँग्रेसका रामकृष्ण खाँणले अग्रता लिएका छन् ।  उनले नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार मोहन चापागाईंलाई पछि पार्दै निर्न्तर अग्रता कायम राखेका हुन् ।

४२ हजार ७१४ मतगणना हुँदा खाँणले १६ हजार ६४६ मत प्राप्त गरेर अघि छन् । निकटतम प्रत्यासी उम्मेदवार चापागाईंले १५ हजार ७८१ मत प्राप्त गरेका छन् । खाँण चापागाईंभन्दा ८६५ मतले अघि रहेका छन् ।


यसैगरी उप प्रमुख पदमा भने नेकपा एमालेकी जागेश्वरीदेवि चौधरीले निकटतम प्रत्यासीभन्दा दोब्बर मत कायम राखेकी छन् । पछिल्लो मत परिणाम अनुसार चौधरीले १५ हजार ४३७ मत प्राप्त गर्दा निकटतम प्रत्यासी गठबन्धन दलको तर्फबाट गोलाकार भित्र हँसिया हथौडामा ८ हजार ७२० मत प्राप्त भएको छ ।

यसैगरी वडा नम्बर ६ को अध्यक्षमा ७६८ मतका साथ काँग्रेस अघि रहेको छ । नेकपा एमालेको मत ५१७ रहेको छ । वडा नम्बर १० मा भने नेकपा एमाले अघि रहेको छ । एमालेको सूर्य चिन्हमा ७२ मत आउँदा रुखामा ५६, छातामा ५४ र हलोमा ६१ मत प्राप्त भएको छ । वडा नम्वर ११ मा सुरुवातीदेखि नै अग्रता काँग्रेसले लिएको छ ।

काँग्रेसको रुख चिन्हमा ५५६ र हेको छ भने एमालेको ५०३ मत पाप्त भएको छ । यस्तै वडा नम्बर १२ मा एमालेको अग्रता छ ।  एमालेको सूर्य चिन्हमा १०७८ आउँदा काँग्रेसको १०६२ मत प्राप्त भएको छ ।


Author

थप समाचार
x