लुम्बिनी

सिद्धार्थ राजमार्गमा भदौ मसान्तसम्म टिपर चलाउन रोक

इकागज |
असार २, २०७९ बिहीबार १४:५ बजे

बुटवल- सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा टिपर चलाउन रोक लागाइएको छ । सडक डिभिजन कार्यालय पाल्पाले एक सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो । 

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाहक सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइएको हो । 


सो सडकखण्डमा अहिले दैनिक सयौं टिप्परहरु ओहोरदोहर गर्ने गर्दछन् । पानी पर्न थालेपछि माथि वाट पहिरो झर्ने समस्या त छ नै सडकसमेत टिप्परका कारण जिर्ण हुने हुदां थप समस्या हुने सडक डिभिजन कार्यालयको भनाई रहेको छ ।


 


Author

थप समाचार
x