लुम्बिनी

पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरूद्ध रूपन्देहीमा अनेरास्ववियुको प्रदर्शन

इकागज |
असार ६, २०७९ सोमबार १३:१७ बजे

बुटवल- पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरूद्ध अनेरास्ववियु रूपन्देहीले प्रदर्शन गरेका छन् । सोमबार बुटवल बहुमुखी क्याम्पस अगाडि अनेरास्ववियुका कार्यकर्ताले यातायात बन्द गर्दै टायर बालेर सरकारविरूद्ध प्रदर्शन गरेका हुन् ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्यमा एक्कासी वृद्धि गरेपछि विद्यार्थीहरू आन्दोलित भएका हुन् । सरकारले जनताको ढाड सेक्ने गरी मुल्यवृद्धि गरेको भन्दै आन्दोलन सुरू गरिएको अनेरास्ववियु रूपन्देहीका अध्यक्ष शेषकान्त पोखरेलले जानकारी दिए । उनले सरकारले निर्णय नसच्याएसम्म अनेरास्ववियुले आन्दोलन जारी राख्‍ने बताए ।



Author

थप समाचार
x