लुम्बिनी

साढे २९ अर्ब बढी राजस्व संकलन

इकागज |
साउन २१, २०७९ शनिबार २०:१३ बजे

बाँके- बाँकेमा संघीय सरकार र लुम्बिनी प्रदेश सरकार अन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व संकलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्यांक अनुसार संघीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ रु एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व संकलन भएको हो ।


संघ र प्रदेश गरी बाँकेमा आव २०७८/७९ मा रु २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजस्व संकलन भएको हो ।


Author

थप समाचार
x