लुम्बिनी

श्रीमान् विदेशमा, श्रीमती होटलमा युवासँग मृत भेटिइन्

इकागज |
साउन ३१, २०७९ मगलवार १०:९ बजे

बुटवल- रुपन्देहीको बुटवलस्थित एक होटलमा एक जोडी मृत फेला परेका छन् । तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोटे होटलको कोठामा रहस्यमयरूपमा एक जोडी मृत फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार धादिङ घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र थर–ठेगाना नखुलेकी अन्दाजी २५ वर्षीया युवती मृत फेला परेका हुन् ।


'श्रीमान् विदेशतिर रहेको र एक डेढ महिनादेखि हराएको भन्ने खुलेको छ’ प्रहरी निरीक्षक घिमिरेले भने, 'युवती उत्तानो परेको अवस्थामा मृत फेला परेकी छन् भने युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।’

तन्ना र टावेलमा रगत पोतिएको देखिँदा युवतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको र थप कुरा अनुसन्धानबाट खुल्ने प्रहरी निरीक्षक घिमिरेले बताए । उनका अनुसार उनीहरू आइतबार राति त्यस होटलमा बस्न आएका थिए ।

उनीहरूको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाइ छ ।


Author

थप समाचार
x