लुम्बिनी

पार्किङ निषेधको निर्णयबाट पछि हट्यो पोखरा महानगर

इकागज |
माघ २२, २०७९ आइतवार २२:२१ बजे

पोखरा - पोखरा महानगरपालिका पोखराको मुख्य बजार क्षेत्रमा सवारी पार्किङ पूर्णरुपमा निषेधको निर्णयबाट पछि हटेको छ । विनाअध्ययन र सल्लाह महानगरले सूचना जारी गरेको भन्दै विभिन्न संघसंस्थाको दबाब पछि महानगर आफ्नै निर्णयबाट पछि हटेको हो । पार्किङ निषेधको निर्णयलाई सरोकारवालाहरुसँगको  छलफलपछि आगामी योजना तय गरिने आइतबार विज्ञप्ति मार्फत महानगरले जानकारी दिएको हो । 

माघ १६ गते बसेको पोखरा महानगरपालिका यातायात व्यवस्थापन समितिको बैठकले पृथ्वीचोक–सभागृहचोक–न्युरोड–विपिचोक–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार–पृथ्वीचोक सडकखण्डमा सवारीको चाप वृद्धि भई आवागमनमा समेत प्रत्यक्ष असर परेको तथा सहरी सौन्दर्यीकरणमा पनि असर पर्न गएको भन्दै सवारी पार्किङलाई माघ २३ गतेदेखि पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको थियो । 


पार्किङका लागि अर्को व्यवस्था नभएसम्म अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ । पोखरा उद्योग वाणिज्य संघ, यातायात क्षेत्रमा क्रियाशील संघ संस्था तथा सरोकारवालाहरुको व्यापक दवाव आएपछि महानगरले सवारी पार्किङ निषेधको निर्णयबाट पछाडि हट्दै क्रमिकरुपमा पार्किङलाई व्यवस्थापन गर्दै लैजाने निर्णय गरेको हो । 

पार्किङका लागि अर्को व्यवस्था नभएसम्म अहिले प्रयोग भइरहेको ठाउँ खुला गरिएको महानगरले बताएको छ ।


Author

थप समाचार
x