लुम्बिनी

बीस रुपैयाँमा खाना

इकागज |
मंसिर १, २०७७ सोमबार १९:५६ बजे

नेपालगञ्ज : कोरोना कहरका कारण बिपन्न तथा मध्यम वर्गका व्यक्तिहरूलाई एक छाक खानाको जोहो गर्न समेत गाह्रो भईरहेको बेला नेपालगञ्जमा २० रुपैयाँमा खानाको व्यवस्था मिलाईएको छ । 'श्री सुन्दर काण्ड मित्र मण्डल' ले भेरी अस्पताल नेपालगञ्जमा सो व्यवस्था मिलाएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा मित्र मण्डलले सर्वसाधारणहरूलाई २० रुपैयाँमा खाना खुवाउँदै आएको छ । विपन्न ब्यक्‍ति तथा अस्पतालमा उपचाररत विरामी र कुरुवालाई लक्षित गरी मित्र मण्डलले पूण्य कार्य गरेको भन्दै प्रशंसा भईरहेको छ ।


२० रुपैयाँमा पेटभरी खाना खुवाउँदै आएको उक्‍त मण्डललाई नेपालगञ्ज उपमहानगरपालिकाले शुक्रबार ५० हजार रकम हस्तान्तरण गरेको छ । मित्र मण्डलका संरक्षक समाजसेवी विजय गुप्तालाई उपमहानगर प्रमुख  धवलशम्शेर राणाले उक्त सहयोगको चेक हस्तान्तरण गरेका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाले २० रुपैयाँमा खाना खुवाउने कार्यलाई निरन्तरता दिन मासिक ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरे अनुसार शुक्रबार पहिलो पटक सहयोग हस्तान्तरण गरिएको बताईएको छ ।

अस्पताल परिसरमा शनिबार बाहेक हरेक दिन विहान १० देखि १ बजेसम्म खाना खुवाउने कार्य चलिरहेको छ । अन्य खर्च मित्र मण्डलले सहयोगीदाता लगायतबाट ब्यवस्थापन गर्दै आएको छ । २० रुपियाँमा दाल, भात, तरकारी र शुद्ध पिउने पानी उपलब्ध गराउने गरिएको छ ।


Author

थप समाचार
x