लुम्बिनी

युनिभर्सल मेडिकल कलेजले भन्यो- 'अब संक्रमितको भर्ना लिन सक्दैनौँ'

इकागज |
बैशाख २६, २०७८ आइतबार १७:२ बजे

बुटवल : भैरहवाको युनिभर्सल मेडिकल कलेजले अस्पतालका शैया भरिएकाले थप कोभिड संक्रमितको भर्ना लिन नसकिने बताएको छ । आइतबार एक विज्ञप्ती जारी गर्दै कलेजले अहिले भएका सबै शैया भरिएका र अक्सिजनको समेत अभाव हुन थालेकाले थप संक्रमितको उपचारका लागि भर्ना लिन नसकिने जनाएको हो ।

अहिले दैनिक दुई सय गम्भीर प्रकृतिका बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ । अब आउने बिरामीका लागि सेवा दिन नसकिने कलेजले विज्ञप्तिमा उल्लेख गरेको छ । साथै उसले अहिलेको असहज परिस्थितीलाई सहज बनाउन सरोकारवालासँग माग पनि गरेको छ । 


लूम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन अभावको समस्या समाधान गरिने बताएका छन् । कोहलपुरका लागि लिक्विड अक्सिजन आइपुगेको र दाङका लागि ल्याउने प्रयास भइरहेको उनले बताएका छन् । रुपन्देहीका लागि पनि अक्सिजन अभावको समस्या समाधानको प्रयास भइरहेको उनको दाबी छ ।

तर मेडिकल कलेजले भने बिरामीको भर्ना लिन रोकेपछि कोभिड संक्रमित मारमा परेका छन् । 


Author

थप समाचार
x