लुम्बिनी

बुटवलमा थप तीन जना संक्रमितको मृत्यु

इकागज |
बैशाख २७, २०७८ सोमवार ९:५९ बजे

बुटवल : बुटवलस्थित कोभिड विशेष अस्पतालमा थप तीन जनाको मृत्यु भएको छ । कोभिड विशेष अस्पतालमा उपचाररत दाङ, कपिलवस्तु र रुपन्देहीका तीन जनाको मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बैशाख १७ गते विशेष अस्पताल भर्ना भएका बनगाई कपिलवस्तुका ४३ वर्षिय पुरुषको आईतबार राती ८ः३० बजे मृत्यु भएको छ भने बैशाख १८ गते अस्पताल भर्ना भएका दाङ तुलसिपुरकी ३७ वर्षिया महिलाको आईतबार १० बजे मृत्यु भएको छ । 


त्यसैगरि बैशाख २३ गते अस्पताल भर्ना भएका तिलोत्तमा २ का ५६ वर्षिय पुरुषको पनि आईतबार राती पौने १० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

अस्पतालमा अहिले पनि १० बढी गम्भीर अवस्थाका संक्रमितहरु रहेको अस्पतालले जनाएको छ । कोभिड विशेष अस्पतालसहित लुम्बिनी प्रादेशिक अस्पतालको फिवर क्लिनीक, इमर्जेन्सी वार्ड सहित इमर्जेन्सीको खाली स्थानमा समेत संक्रमितहरुको उपचार भईरहेको छ ।
 


Author

थप समाचार
x