लुम्बिनी

बुटवलमा थप ८ जना संक्रमितको मृत्यु

इकागज |
बैशाख २७, २०७८ सोमबार १६:२१ बजे

बुटवल : बुटवलको लुम्विनी प्रदेशिक अस्पताल अन्तरगतको कोभिड विशेष अस्पतालमा थप ८ जना संक्रमितको मृत्यु भएको छ । जसमा रुपन्देहीका ५ जना, कपिलवस्तुका २ जना र दाङका १ जना रहेका छन् । अस्पतालका प्रवक्ता विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा १ का ६४ वर्षीय पुरुषको मृत्यु भएको छ । 

उनी बैशाख १८ गते संक्रमित भई अस्पताल भर्ना भएका थिए । त्यस्तै तिलोत्तमा २ रुपन्देहीका ५६ वर्षीय पुरुषको मृत्यु भएको छ । उनी बैशाख २३ गते संक्रमित भई अस्पताल भर्ना भएका थिए ।


त्यस्तै बुटवल ७ रुपन्देहीका ४५ वर्षीय पुरुषको पनि कोभिड संक्रमणकै कारण मृत्यु भएको हो । उनी बैशाख २३ गते संक्रमित भई अस्पताल भर्ना भएका थिए ।

त्यसैगरि रुपन्देहीको बुटवल ११ का ५५ वर्षिय पुरुषको पनि मृत्यु भएको छ । उनी बैशाख २६ गते संक्रमित भई अस्पताल भर्ना भएका थिए ।

संक्रमणवाटै रुपन्देहीको देवदह ३ का ८० वर्षीया महिलाको मृत्यु भएको छ । उनी बैशाख १६ गते संक्रमित भई अस्पताल भर्ना भएकी थिईन् । त्यस्तै कपिलवस्तुको बनगाई ८ का ४३ वर्षीय पुरुषको पनि सोमबार नै मृत्यु भएको छ । उनी बैशाख १८ गते संक्रमित भई अस्पताल भर्ना भएका थिए । कपिलवस्तुको बुद्वभूमिका ६० वर्षिय पुरुषको सोमबार दिउँसो मृत्यु भएको छ । 

उता दाङको तुल्सीपुर ५ का ३७ वर्षीया महिलाको मृत्यु भएको छ । उनी बैशाख १८ गते संक्रमित भई अस्पताल भर्ना भएकी थिइन् । 
 


Author

थप समाचार
x