लुम्बिनी

बाँकेमा थप १२ जना संक्रमितको मृत्यु

इकागज |
बैशाख २८, २०७८ मंगलबार ९:५३ बजे

बुटवल : बाँकेमा पछिल्लो १४ घण्टामा थप १३ जना कोभिड संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेपछिको मृत्युको विवरण सार्वजानिक गर्दै डीसीसीएमसी बाँकेले मंगलबार बिहान ८ बजे सम्ममा १३ जनाको मृत्यु भएको जनाएको छ । 

मृतकमध्ये ६ जना बर्दिया, १ जना रुकुम र ५ जना बाँकेका छन् । मृत्यु हुने बर्दिया बाँसगढीका ७३ वर्षीय पुरुषको सोमबार साँझ ४ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको थियो भने गुलरिया ६ का २१ वर्षीय पुरुषको पनि सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको थियो । 


त्यसैगरि भेरीमै उपचारारत बारबर्दिया ६ की ६३ वर्षीया महिलाको सोमबार राती १० बजे, बढैयाताल ३ बर्दिया की ७८ वर्षीया महिलाको आज बिहान ५ः३० बजे, बाँसगढी ५ बर्दियाका ६० वर्षीय पुरुषको सोमबार राती १० बजे तथा भेरी अस्पतालमै उपचाररत बढैयाताल बर्दियाका ३० वर्षीय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ ।

यता बाँकेमा भेरी अस्पतालमा उपचारारत नेपालगन्ज १० का ६८ वर्षीय पुरुषको सोमबार साँझ ५ः४० बजे, खजुरा गाँउपालिका ३ का ५२ वर्षीय पुरुषको आज बिहान ४ बजे, जानकी ४ की ४५ वर्षीया महिलाको पनि बिहान ४ बजे नै मृत्यु भएको छ । 

त्यसैगरि कोहलपुर ८ का ६२ वर्षीया पुरुषको मेडिकल कलेज कोहलपुरमै सोमबार राती ७ः१५ मा मृत्यु भएको छ भने होम आइसोलेशनमा रहेका खजुरा २ का ८८ वर्षीय पुरुषको सोमबार राती ११ः१० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिए ।

ओलीका अनुसार भेरी अस्पतालमा बैशाख २६ गतेबाट उपचाररत सिस्ने ३ रुकुमका ५३ वर्षीय पुरुषको पनि सोमबार राती ८ बजे मृत्यु भएको छ । उनीहरुको मृत्यु भएसँगै बाँकेमा जिल्लाभित्रका १९६ जना र जिल्ला बाहिरका १४८ जना कोभिड संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।
 


Author

थप समाचार
x