लुम्बिनी

मृतक बढ्दै गएपछि शव व्यवस्थापनमा सकस

इकागज |
बैशाख २८, २०७८ मंगलबार ११:४३ बजे

बुटवल : दैनिक रूपमा कोभिड-१९ संक्रणका कारण मृत्यु हुनेको संख्या बढेसँगै रुपन्देहीमा शव व्यवस्थापनमा समस्या हुन थालेको छ । जिल्लाका विभिन्न अस्पतालमा दैनिक रूपमा मृत्यु हुनेको संख्या बढेसँगै शव व्यवस्थापनमा समस्या आएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ शव व्यवस्थनपन पनि जटिल बन्दै गएको बताउछन् । 'दैनिक १२/१४ जनाको मृत्यु भएको छ, आफन्तले नछुने भएपछि यसको व्यवस्थापनमा प्रहरी र आर्मीलाई भ्याइनभ्याइ छ । तर अहिलेसम्म गरिएकै छ, ' उनले भने  ।


बुटवलको लुम्‍बिनी प्रदेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले पनि मृतक बढेसँगै शव व्यवस्थापनमा समस्या भएको बताए । उनले भने, 'कुनै-कुनै त ४/५ दिनका पनि रहन्छन् । अस्पतालको शवगृह नै भरिन्छ ।'


Author

थप समाचार
x