लुम्बिनी

बाँकेमा एकै रात ९ जना संक्रमितको मृत्यु

इकागज |
बैशाख २९, २०७८ बुधबार १२:३ बजे

बुटवल : बाँकेमा एकै रात थप ९ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । जिल्लाका दुई ठूला भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

बर्दिया स्थित गुलरिया नगरपालिकाका ४७ वर्षीय महिलाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारको क्रमको उनको आज बिहान ८ बजे मृत्यु भएको हो । भेरी अस्पतालमा सल्यानका बनगाड कुभिन्डे-६ का ५० वर्षीय पुरुषको पनि उपचारको क्रममा आज बिहान ८:३० बजे निधन भएको छ । त्यस्तै भेरी अस्पतालमै बाँकेका ४९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान ८:३० बजे मृत्यु भएको छ ।


सोही अस्पातालमा बाँके नेपालगञ्जका ४४ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ६:३० बजे मृत्यु भएको हो । बाँकेको मधुवन नगरपालिका-६ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । उनको पनि भेरी अस्पतालमा आज बिहान ८:३० बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए । उनका अनुसार कैलाली घोडाघोडि १ का ६० वर्षीय पुरुषको आज बिहान ४:४५ बजे मृत्यु भएको हो । अर्का बाँके कोहलपुरका ३० वर्षीया महिलाको हिजो साझ ९:३० बजे मृत्यु भएको छ ।

त्यस्तै, बाँकेकै ४५ वर्षीया महिलाको पनि कोभिड संक्रमणबाट मध्यराति १:३० बजे मृत्यु भएको छ । बर्दियाका बढैयाताल गाउँपालिकाका ६५ वर्षीय पुरुषको पनि भेरी अस्पतालमा आज बिहान १० बजे उपचार हुँदै गर्दा मृत्यु भएको छ । आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका २०० जना र जिल्ला बाहिरका १५३ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।


Author

थप समाचार
x