लुम्बिनी

कांग्रेस रुपन्देहीको पार्टी कार्यालयमा स्वास्थ्यकर्मी

इकागज |
बैशाख २९, २०७८ बुधबार १४:४० बजे

बुटवल : नेपाली कांग्रेस रुपन्देहीको पार्टी कार्यालयलाई चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रयोगमा ल्याएका छन् । कांग्रेस रुपन्देहीको भैरहवामा रहेको पार्टी कार्यालयमा २५ वेड तयारगरी बुधबारदेखि भीम अस्पताल भैरहवाका चिकित्सक तथा स्वस्थ्यकर्मीलाई  जिम्मा लगाएको  कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए ।

कोभिड-१९ महामारी बढी रहेका अस्पतालमा विरामीका लागि वेड अभाव भइरहेको अवस्थामा यसअघि नै कांग्रेस रुपन्देहीले दुई तले आफ्नो पार्टी कार्यालय कोभिड-१९  संक्रमितका लागि आइसोलेसन वा अस्थायी कोभिड अस्पतालको रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो ।



Author

थप समाचार
x