जेठ १ गतेदेखि रुपन्देहीका पत्रपत्रिका पनि बन्द
बुटवल : कोभिड १९ को हटस्पट बनेको रुपन्देहीमा पत्रपत्रिकाहरू बन्द हुने भएका छन् । कोभिड संक्रमण र निषेधाज्ञाका कारण वितरण, समाचार संकलन र प्रकाशनमा चुनौती थपिएको भन्दै रुपन्देहीका पत्रपत्रिकाहरू जेठ १ गतेदेखि केही समयका लागि बन्द हुने भएका हुन् ।
प्रकाशन तथा प्रसारण समाज रुपन्देहीका अध्यक्ष नवराज कुँवरले प्रेस विज्ञप्ति जारी गर्दै संक्रमण र निषेधाज्ञाका कारण चुनौती थपिदै गएकोले सबै पत्रपत्रिका केही दिनका लागि स्थगन गर्ने निर्णय गरिएको जानकारी दिए । कोभिड १९ को अवस्थालाई मध्यनजर गरी सक्दो छिटो पत्रिका पुनःप्रकाशन गर्ने प्रतिबद्धता समेत प्रकाशन प्रसारण समाज रुपन्देहीले जाहेर गरेको छ ।
प्रसारण अन्तर्गतका रेडियो, टेलिभिजन तथा अनलाईन सञ्चार माध्यमहरूले भने कोभिड १९ को स्वास्थ्य मापदण्ड अपनाई सञ्चार माध्यममा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारीहरूको स्वास्थ्यमा असर नपर्ने गरी सुरक्षित रही प्रसारण गर्न सकिने समाजले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया