लुम्बिनी

रुपन्देहीमा भारतबाट अक्सिजन आयात

इकागज |
बैशाख ३१, २०७८ शुक्रबार १२:५९ बजे

बुटवल : अक्सिजनको चरम अभाव झेल्दै आएको रुपन्देहीमा भारतबाट लिक्‍विड ग्यास आयात भएको छ । जसबाट पाँचसय सिलिण्डर अक्सिजन तयार हुन्छ ।

रुपन्देहीको छिपागढमा रहेको शंकर ग्यास उद्योगले शुक्रबार भारतबाट लिक्‍विड  ग्यास आयात गरेको हो । जिल्लामा बढ्दो अक्सिजन ग्यासको मागलाई धान्न नसकेपछि  भारतबाट लिक्‍विड ग्यास आयात गरिएको उद्योग जनाएको छ । शुक्रबार बिहान भैरहवा भन्सार कार्यालयमा आवश्यक कागजात प्रकृया पूरागरी उद्योगले अक्सिजन उधोगसम्म पुर्‍याएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक तेज बहादुर खत्रीले बताए । 


रुपन्देहीमा रहेका पाँच वटा कोभिड अस्पतालले दैनिक दुई हजार एक सय ५० बढी सिलिण्डर अक्सिजन माग गर्ने गरेकोमा उत्पादन भने ११ सय सिलिण्डर रहेको प्रदेश स्वास्थ्यमन्त्री भोज प्रशाद श्रेष्ठले बताए । माग धेरै बढेकाले रुपन्देहीमा गतहप्तादेखि अक्सिजन अभाव हुँदै आएको छ ।

भारतबाट आएको उक्त अक्सिजनले केही राहत मिल्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तमाङले बताए । यस्तो विषम परिस्थितिमा युनिभर्सल मेडिकल कलेजले आफ्नो अस्पतालका लागि पोखरा, चितवन र विरगंजबाट अक्सिजन आयात गरेर अस्पताल संञ्चालन गर्दै आएको थियो भने अन्य अस्पतालहरूले रुपन्देहीमा रहेका तीनवटा उधोगमा उत्पादन भएका ग्यासबाट काम गर्दै आएका थिए । 

केही दिनअगाडि अक्सिजन अभाव भएपछि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले समन्वय गरेर हेलीकोप्टरमा ४० सिलिण्डर ग्याँस सिमराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत रुपन्देही ल्याइएको थियो ।


Author

थप समाचार
x