लुम्बिनी

जितपुरसिमराको कार्यपालिका सदस्य चौधरीको निधन

इकागज |
जेठ १३, २०८० शनिवार ८:४ बजे

सांकेतिक तस्बिर

बारा- जितपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपती देवी थरुनीको शुक्रबार निधन भएको छ ।

पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो ।


जितपुरसिमरा १४ स्थित रजघट्टाबाट अल्पाइन अस्पताल ल्याउने क्रममा बाटोमा उनको निधन भएको वडाध्यक्ष चयन मगरले जानकारी दिइन् । अस्पताल ल्याएलगत्तै चिकित्सकले चौधरीलाई मृत घोषणा गरेका थिए ।

वडा क्षेत्रभित्र निर्माण हुन लागेको ढलान सडक शिलान्यास कार्यक्रममा सहभागी भएर फर्कने क्रममा उनि अस्वस्थ हुन पुगेकी थिइन् । अचानक पेट पोल्न थालेपछि चौधरीले स्थानीय एक महिलाको घरमा पानी मागेर पिएको र आफूलाई अस्पताल लगिदिन आग्रह गरेको वडाध्यक्ष गुरुङले जानकारी दिइन् ।

चौधरीको आग्रहपछि स्थानीयले उनलाई नजिकैको क्लिनिकमा लगेका थिए । उक्त क्लिनिकबाट तत्कालै सिमरास्थित अस्पताल ल्याउने क्रममा चौधरीको निधन भएको वडाध्यक्ष गुरुङले बताइन् ।

केही दिनदेखि पेट दुखेको बताउदै आएकी चौधरीको निधनको कारण खुल्न सकेको छैन् । चिकित्सकले एपेडिक्सका कारण निधन भएको हुनसक्ने आशंका गरेका छन् ।

चौधरी जीतपुरसिमरा १४ बाट निर्वाचित वडासदस्य हुन् ।

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचमा उनि नेकपा एमालेबाट वडासदस्यमा निर्वाचित भएकी थिइन् । वडासदस्य चौधरीलाई एमालेले कार्यपालिका सदस्य बनाएको थियो ।

चौधरीको श्रीमान्, दुई छोरा र एक छोरी छन् । जितपुर सिमराका नगर प्रमुख राजन पौडेलसहित जनप्रतिनिधिले चौधरीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।


Author

थप समाचार
x